सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भागबन्डाको निर्णय नसच्चिए गठबन्धन तोड्ने सुर्खेतमा समाजवादीको चेतावनी

स्वतन्त्र उम्मेदवारी दिने व्यक्तिहरूको सूची तयार
शनिबार, २२ असोज २०७९, १७ : २३
शनिबार, २२ असोज २०७९

कुनै पनि क्षेत्र आफ्नो दललाई भाग नपरेपछि सुर्खेतमा नेकपा (एकीकृत समाजवादी)ले विद्रोहको चेतावनी दिएको छ । यदि गठबन्धनको शुक्रबारको निर्णय नसच्चिएको खण्डमा गठबन्धन तोड्ने र प्रतिनिधि सभाका २ र प्रदेश सभाका चार वटै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय समाजवादीले गरेको हो ।

गठबन्धनको निर्णय अनुसार दुई वटै प्रतिनिधि सभा कांग्रेस र प्रदेश सभाका तर्फका चार मध्ये दुई कांग्रेस र दुई माओवादीलाई मिलाएर समाजवादीलाई आउट गरिएको छ । समाजवादीले सुर्खेत क्षेत्र नंं.–२ (ख) मा दाबी गरेको थियो भने समाजवादीका जिल्ला अध्यक्ष मोहन बडूवालले उम्मेदवारी समेत घोषणा गरेर चुनाव प्रचार–प्रसारमा जुटिसकेका थिए ।

‘शुक्रबार साँझ जुन किसिमको भागबन्डाको निर्णय आएको छ, शनिबारको बैठकमा हामीले असहमति जाहेर गरेका छौँ,’अध्यक्ष बडूवालले रातोपाटीसँग भने,‘यसलाई सच्याउनको लागि केन्द्रमा अनुरोध समेत गरेका छौँ । त्यसमा हामीले राजनीतिक पार्टीहरुबीचको शक्ति सन्तुलन नमिलेकाले सच्याउन भनेका छौँ । यदि सच्याउन नसकिएको खण्डमा हाम्रो पार्टी केन्द्रलाई आफ्नो पार्टीको चुनाव चिन्हबाट चुनाव लड्नका लागि तत्काल टिकट उपलब्ध गराइदिनुहुन भनेर निर्णय गरेका छौँ ।’ 

बडूवालका अनुसार यदि गठबन्धनमा असर पर्ने गरी पार्टीको टिकट आएन भने ६ वटै क्षेत्रमा स्वतन्त्र उम्मेदवार सहित निर्वाचनमा होमिने निर्णय गरिएको छ । त्यसका लागि उम्मेदवारहरूको सूची समेत तयार गरिसकिएको छ । 

हेर्नुहोस् उम्मेदवारको सूची 

प्रतिनिधि सभा १ सुर्खेत : यज्ञबहादुर रेग्मी

प्रदेश सभा १ (क) : अमृतप्रसाद जैशी

प्रदेश सभा १ (ख) : आकाङ्क्षी धेरै टुङ्गो लगाइँदै

प्रतिनिधि सभा २ सुर्खेत : कुलदिप भट्ट

प्रदेश सभा २ (क) : शिवप्रसाद उपाध्याय

प्रदेश सभा २ (ख) : मोहन बडूवाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप