मिथिलाञ्चलमा कोजाग्रत मनाइँदै
मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा अर्थात् कोजगरा पर्व मनाइँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वमा पूजापाठका साथै नवविवाहित जोडीले विशेष पूजा आराधना गर्ने चलन छ ।
नव विवाहित बेहुली पक्षबाट बेहुलाको घरमा भार अर्थात् विशेष किसिमको कोसेली पठाउने परम्परा छ । भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कोसेली पठाउने चलन छ ।
बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले दुर्वाक्षतासहित आशीर्वाद दिने प्रचलन छ । आजको दिन मिथिला क्षेत्रका प्रायः सबैले पान, मखान, मिठाइ खाने गर्छन् । आजको दिनलाई जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सवको रुपमा मनाइन्छ ।
जानकी मन्दिरका महन्थले भगवान् राम र सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन् । आज महोत्तरीको रतौलीबाट भार पठाइन्छ । फलफूल मिठाई दही च्युरा, पान मखानसहितका एक सय ८ वटा भार पठाउने गरिन्छ ।
मन्दिरमा माता जानकी र भगवान श्रीरामको पूजापाठको तयारी बिहानैदेखि भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
-
रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण