बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अनिल झाले रौतहट छाडेर धनुषा ३ मा दर्ता गराए उम्मेदवारी

आइतबार, २३ असोज २०७९, २१ : ५४
आइतबार, २३ असोज २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य अनिलकुमार झाले धनुषा २ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

उनले यसअघि रौतहट १ बाट चुनाव जितेका थिए । सत्ता गठबन्धनबाट माधवकुमार नेपालले रौतहट १ को सीट हात पारेपछि नेता झा धनुषा ३ पुगेका हुन् । यसअघि सो क्षेत्रबाट लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका थिए । नेता महतो सर्लाही २ गएपछि नेता झा धनुषा ३ बाट उम्मेदवारी दिएका हुन् ।

जसपा र एमालेका साझा उम्मेदवार जुली महतोसँग नेता झाको प्रतिस्पर्धा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप