शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पुटिन मिसाइलसँग वार्ता गर्ने अतिवादी हुन : युक्रेन

मङ्गलबार, २५ असोज २०७९, ०८ : २५
मङ्गलबार, २५ असोज २०७९

युक्रेनका विदेशमन्त्री दिमित्रि कुलेबाले युक्रेनभर रुसी मिसाइल आक्रमणले राष्ट्रपति भ्लादिमिर पुटिन ‘मिसाइलसँग छलफल गर्ने अतिवादी’ भन्ने देखाएको बताएका छन् ।

 ‘रुसले क्षेप्यास्त्रहरूद्वारा युक्रेनभर हमला गरिरहेको छ । पुटिनको एक मात्र कार्यनीति शान्तिपूर्ण युक्रेनी शहरहरूमा आतंक हो, तर उनले युक्रेनलाई तोड्ने छैनन् । यो पुटिनसँग  शान्तिको बारेमा कुरा गर्न चाहने सबै शान्तिकामीलाई  नको जवाफ हो । पुटिन एक आतंकवादी हुन जसले मिसाइलसँग वार्ता गर्छन्’  कुलेबाले ट्वीटरमा लेखेका छन् ।

रुसले सोमबार राजधानी किभ र दक्षिण पश्चिमका सहरहरूलाई लक्षित गरी घातक हमला गरेको थियो । रुसी सनोले कम्तीमा  ७५ वटा मिसाइल प्रहार गरेको युक्रेनले दाबी गरेको छ । केही साताको अन्तरालपछि रुसी सेनाले शृंखलाबद्ध हमला गरेको थियो । हमलामा देशको उर्जा पूर्वाधारमा पनि ठूलो क्षति भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप