पुटिन मिसाइलसँग वार्ता गर्ने अतिवादी हुन : युक्रेन
युक्रेनका विदेशमन्त्री दिमित्रि कुलेबाले युक्रेनभर रुसी मिसाइल आक्रमणले राष्ट्रपति भ्लादिमिर पुटिन ‘मिसाइलसँग छलफल गर्ने अतिवादी’ भन्ने देखाएको बताएका छन् ।
‘रुसले क्षेप्यास्त्रहरूद्वारा युक्रेनभर हमला गरिरहेको छ । पुटिनको एक मात्र कार्यनीति शान्तिपूर्ण युक्रेनी शहरहरूमा आतंक हो, तर उनले युक्रेनलाई तोड्ने छैनन् । यो पुटिनसँग शान्तिको बारेमा कुरा गर्न चाहने सबै शान्तिकामीलाई नको जवाफ हो । पुटिन एक आतंकवादी हुन जसले मिसाइलसँग वार्ता गर्छन्’ कुलेबाले ट्वीटरमा लेखेका छन् ।
रुसले सोमबार राजधानी किभ र दक्षिण पश्चिमका सहरहरूलाई लक्षित गरी घातक हमला गरेको थियो । रुसी सनोले कम्तीमा ७५ वटा मिसाइल प्रहार गरेको युक्रेनले दाबी गरेको छ । केही साताको अन्तरालपछि रुसी सेनाले शृंखलाबद्ध हमला गरेको थियो । हमलामा देशको उर्जा पूर्वाधारमा पनि ठूलो क्षति भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण