मेरो उम्मेदवारी समग्र गोरखाको विकासको लागि : धिताल
मङ्गलबार, २५ असोज २०७९, १५ : १६
गोरखा क्षेत्र नम्बर १ ‘क’ मा सत्ता गठबन्धनको साझा उम्मेदवार कृष्ण धितालले आफ्नो उम्मेदवारी समग्र गोरखाको विकासका लागि भएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका नेता कार्यकर्तासँगगको भेटमा धितालले आफ्नो उद्देश्य व्यक्तिगत नभई पार्टीको नीति तथा योजना भित्र बसेर गोरखाको समग्र विकासका साथै सहिदको सपना साकार पार्नु रहेको बताए ।
गोरखा १ ‘क’ का जनतासँग आफ्नो राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै धितालले आफू विजयी हुनेमा विश्वस्त रहेको बताए । गठबन्धनको साझा उम्मेदवार भएकाले गठबन्धन सबै नेता कार्यकर्तासँग छलफल गरेर अगाडि बढ्ने उनले बताए । ‘यो क्षेत्रमा विकासको ठूलो सम्भावना छ । बहुप्रतीक्षित आयोजना बुढीगण्डकी परियोजनाको सफलता नै यस क्षेत्रको विकाससँग जोडिएको हुँदा मेरो विशेष ध्यान यसमा जानेछ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण