बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिरोले पुरिँदा हुम्लामा चार बालबालिकाको मृत्यु, पाँच घाइते

मङ्गलबार, २५ असोज २०७९, १६ : ०५
मङ्गलबार, २५ असोज २०७९

हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको छ । 

लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयवासी ध्रुवकुमार शाहीले बताए । उनका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति क्षति भएको हो एकिन विवरण आइसकेको छैन ।

 घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन पैदल हिँड्नुपर्छ । स्थानीय शाहीका अनुसार घाइते पाँच जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अहिले पनि झरी परिरहेकोले पुरिएकाको शव निकाल्न सकिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप