बागी उम्मेदवारी दिनेलाई कांग्रेसले गर्यो ५ वर्षका लागि निष्कासन
नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई ५ वर्षका लागि पार्टीबाट निष्कासित गरिएको बताएका हुन् ।
गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लघंन गरेकोमा कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले उनीहरुलाई विधानको धारा ३४ (४) (क) अनुसार कांग्रेसको सदस्य समेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिएको पौडेलले बताए । आगामी मंसिर ४ गते हुन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण