शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय भएको छैन : महासंघ

बुधबार, २६ असोज २०७९, २१ : २२
बुधबार, २६ असोज २०७९

नेपाल उद्योग वाणिज्य महासंघले दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा कुनै पनि निर्णय नगरेको प्रष्ट पारेको छ । 

महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै कृषि उद्यम केन्द्रमार्फत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा आएका सूचना एवं समाचार सत्य नभएको जनाएको हो । ती मुलुकमा प्रशिक्षार्थी कामदार पठाउनेबारे कुनै पनि कार्यक्रम नरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप