इलामका दुई निर्वाचन क्षेत्रमा २५ उम्मेदवार, झलनाथ र सुवास नेम्बाङका प्रतिस्पर्धी को–को ?
इलामका दुई निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ २५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । क्षेत्र नम्बर १ मा ११ र क्षेत्र नम्बर २ मा १४ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
क्षेत्र नम्बर १ मा एमाले र एकीकृत समाजवादी पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेले महेश बस्नेत र गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार रहेका छन् । सोही क्षेत्रमा जनता समाजवादी पार्टीले नेपाले कमल कुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीले तोया नाथ शर्मा सापकोटा, मंगोल नेशनल अर्गनाइजेसनले बुद्ध लाल मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जीत कुमार मुखिया, राष्ट्रिय जनमुक्ति पार्टीले पदम बहादुर लिम्बु, नेपाली कांग्रेस (बीपी) ले गणेश प्रसाद पौडेललाई उम्मेदवार बनाउँदा स्वतन्त्र उम्मेदवारका रुपमा बिक्रम पाण्डे, नेत्र प्रसाद रेग्मी र निमा तेन्जीङ शेर्पा रहेका छन् ।
यस्तै क्षेत्र नम्बर २ मा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले डम्बर बहादुर खड्कालाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा विजयी भएका नेम्वाङलाई यो निर्वाचनमा खड्काले कडा टक्कर दिने आंकलन गरिएको छ ।
सोही निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालले याम प्रसाद लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीले गणेश प्रसाद दुलाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले निर मणि माङमु लिम्बु, मंगोल नेशनल अर्गनाइजेसनले मनि बहादुर लिम्वू (पापो), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गोविन्द सिंह लिम्वू, राष्ट्रिय जनमुक्ति पार्टीले खड्ग प्रसाद पालुंवा, नेपाली कांग्रेस (बीपी) ले डाक प्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीले तिलक बहादुर मगर, नेपाल कम्युनिष्ट पार्टी याक बहादुर लिम्वू, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकाश सापकोटालाई उम्मेदवार बनाउँदा स्वतन्त्र हैसियतमा दिपेश बोहोरा र जुनु माखिमले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण