गोरखामा प्रतिनिधि सभाका २१ उम्मेदवार, मुख्य प्रतिस्पर्धा एमाले र सत्ता गठबन्धनमा
दुई निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा प्रतिनिधि सभा सदस्य पदका लागि तीन स्वतन्त्रसहित २१ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । यो जिल्लामा सत्ता गठबन्धनका कांग्रेस र माओवादीसँग एमालेका उम्मेदवारले मुख्य प्रतिस्पर्धा गर्ने देखिएको छ ।
जिल्लाको निर्वाचन क्षेत्र १ मा एकजना स्वतन्त्र र राजनीतिक पार्टीका नौ जना उम्मेदवार छन्, जसमा नेपाल कम्युनिष्ट पार्टी एमालेका राम शरण बस्नेत, नेपाली कांग्रेसका राजेन्द्र बजगाईं, जनता समाजवादी पार्टी नेपालका रुपेश राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका उदय प्रसाद भट्ट, नेपाल मजदुर किसान पार्टीका लिलाकुमारी बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेसनका देव बहादुर थापा , नेपाल सुशासन पार्टीका मिन कुमार श्रेष्ठ, जनसमाजवादी पार्टी नेपालका उत्तरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहा र स्वतन्त्र उम्मेदवार बिष्णु पुडासैनी चुनावी मैदानमा छन् ।
यी मध्ये कांग्रेसका बजगाईं र एमालेका बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । त्यस्तै, निर्वाचन क्षेत्र २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
यो क्षेत्रमा प्रचण्डका मुख्य प्रतिस्पर्धीका रुपमा एमालेका अब्दुस सलाम मियाँ रहेका छन् । अन्य उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशिल पन्त, नेपाल मजदुर किसान पार्टीका प्रसाद लामिछाने, हाम्रो नेपाली पार्टीका प्रकाश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुलबहादुर बस्नेत र नेकपा मालेका नारायणबाबु आचार्य उम्मेदवार रहेका छन् ।
यस्तै मंगोल नेशनल अर्गनाइजेसनका सोम बहादुर गुरुङ, नेपाली कांग्रेस बीपीका टिकादत्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी तथा दुई स्वतन्त्र उम्मेदवार गणेश देवकोटा र विनोदकुमार गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन् । यीमध्ये एमालेका २९ बर्षीय मियाँ र कांग्रेस वीपीका ९९ बर्षीय पोखरेल समेत यही क्षेत्रका उम्मेदवार भएकाले यहाँको निर्वाचन रोचक हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण