विवाह गर्दै रकुल प्रीत र ज्याकी
बलिउडमा अहिले विवाहको सिलसिला चलिरहेको छ । अभिनेत्री ऋचा चड्ढा र अली फजलले हालै विवाह गरे, भने सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको समेत विवाहको चर्चा छ ।
अहिले भने अभिनेत्री रकुल प्रीत सिंह र ज्याकी भगनानीको विवाहको खबर बाहिर आएको छ । दुवै सन् २०२३ सम्म विवाह गर्न सक्ने रकुलका भाइ अमनले सार्वजनिक गरेका हुन् ।
रकुल र ज्याकी पछिल्लो समय एकअर्काेसँग देखिँदै आएका छन् । उनीहरूको विवाहको खबर सामाजिक सञ्जालमा सुनिन थालेको थियो । यी दुईले आफ्नो सम्बन्धलाई नयाँ नाम कहिले दिने भन्ने फ्यानहरूमा उत्सुकता थियो । विवाहको चर्चाले बजार तातेपछि अभिनेत्रीका भाइले मुख खोलका हुन् ।
रकुलका भाइ अमनका अनुसार रकुलले ज्याकीसँग केही प्रोजेक्टमा काम गरेकी छन् । दुवै एकअर्कालाई मनपराउँछन् । विवाह गर्न चाहन्छन् । बिहेको मिति भने तय हुन बाँकी छ । ज्याकीसँग अहिले ठुला प्रोजेक्ट व्यस्त छन् । रकुल पनि अभिनयमा व्यस्त नै छिन् । त्यसैले दुवैले राम्ररी सोचेर विवाहको निर्णय लिने बताइएको छ ।-अमर उज्याला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण