जाजरकोटमा शक्ति बस्नेतविरुद्ध एमालेका युवा नेता आचार्य मैदानमा
बिहीबार, २७ असोज २०७९, १४ : ४१
प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका पूर्वमन्त्री शक्तिबहादुर बस्नेत उम्मेदवार बनेका छन् ।
उनी अघिल्लो निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । उनीसँगको प्रतिस्पर्धामा एमालेले युवा नेता निरज प्रसाद आचार्यलाई मैदानमा उतारेको छ । आचार्य पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।
जाजरकोटमा राप्रपा नेपालले दिपक खनाल, नेपाली कांग्रेस (बीपी) ले झलकनाथ वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीले राजबहादुर शाही र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण