तनहुँका दुई क्षेत्रमा २४ उम्मेदवार : रामचन्द्र र किरणसँग को–को भिड्दैछन् ?
प्रतिनिधिसभा सदस्यका लागि तनहुँका दुई निर्वाचन क्षेत्रबाट २ पदका लागि २४ जनाले उम्मेदवारी दिएका छन् । यो जिल्लाबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि नेपाल मजदुर किसान पार्टीका रामहरि गोराले समेत उम्मेदवारी दिएका छन् ।
२४ मध्ये ४ स्वतन्त्र र बाँकी २० विभिन्न दलबाट उम्मेदवारी परेको तनहुँ क्षेत्र नम्बर १ मा चार स्वतन्त्रसहित १० राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जसमा मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमाले उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपी यो निर्वाचन क्षेत्रमा पुर्व कांग्रेस नेता गोविन्दराज जोशीको समेत स्वतन्त्र उम्मेदवारी परेका कारण उनले पाउने मतले जीत हारमा महत्वपुर्ण अर्थ राख्ने बुझिएको छ ।
तनहुँ १ बाट एमालेका एकबहादुर रानामगर र कांग्रेसका रामचन्द्र पौडेल पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने भएपनि जनता समाजवादी पार्टीका पासाङ थापा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्ती, नेमकिपाका रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीका प्रविन पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कृष्णप्रसाद पौडेल, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा,नेश्नलिष्ट पिपल्स पार्टीका ताज महमद मियाँ,राष्ट्रिय जनमुक्ति पार्टीका हस्त बहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै स्वतन्त्रका गोविन्दराज जोशी, रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् । चार स्वतन्त्रमध्ये जोशी नेपाली कांग्रेसले कारवाही गरेका पुराना कांग्रेस नेता हुन् ।
त्यसैगरी क्षेत्र नम्बर २ मा कांग्रेसकै केन्द्रीय सदस्य शंकर भण्डारी र एमालेका किरण गुरुङबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । गुरुङ एमाले स्थायी समिति सदस्य हुन् । यो क्षेत्रमा यी बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महत, नेपाल मजदुर किसान पार्टीका रामहरि गोरा, हाम्रो नेपाली पार्टीका विष्णु पराजुली, मंगोल नेशनल अर्गनाइजेसनका प्रविना थापामगर, राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर सार्की गोतामे, नेपाली कांग्रेस वीपीका पुष्प राज पराजुली, जनसमाजवादी पार्टी नेपालका खड्कबहादुर विक र राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशी पनि उम्मेदवार बनेका छन् । तनहुँका दुवै क्षेत्रमा सत्ता गठबन्धन भर्सेस एमाले उम्मेदवारबीच टक्कर पर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण