आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा ८७ जना उम्मेदवार चुनावी मैदानमा, कहाँ–को–कोबीच प्रतिस्पर्धा ?

बिहीबार, २७ असोज २०७९, १५ : १२
बिहीबार, २७ असोज २०७९

सिरहाका ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रतिस्पर्धाका लागि ८७ जना उम्मेदवार चुनावी मैदानमा खडा भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार क्षेत्र नम्बर १ मा ३२, २ मा २४, ३ मा २१ र क्षेत्र नम्बर ४ मा १९ उम्मेदवार रहेका छन् । 

क्षेत्र नम्बर १ मा एमालेका राम शंकर यादव उम्मेदवार रहेका छन् भने नेपाली काँग्रेसले पदम नारायण चौधरीलाई उम्मेदवार बनाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले दिनेश कुमार महतो, नेपाल मजदुर किसान पार्टीले सिरीया पासमान, जनमत पार्टीले युगल किशोर साह, मौलिक जरोकिलो पार्टीले सुरेश कुमार कामैत, जनता प्रगतिशिल पार्टी नेपालले ललीता कुमारी साह, नेपालका लागि नेपाली पार्टीले रीता देवी साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले    हरि राम दास, बहुजन एकता पार्टी नेपालले    मनोज पासमानलाई उम्मेदवार बनाएको छ । 

यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जनक साह, नेपाल सद्भावना पार्टीले जीवछ प्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टीले राम कुमार यादवलाई उम्मेदवार बनाउँदा ओम सिंह, राम ध्यान महतो, गोविन्द कुमार चौधरी, बिद्यापती झा, लव कुमार प्रधान, सरिता गिरी, अशोक कुमार थपलिया, राम कुमार साह, राजेन्द्र प्रसाद यादव र पुस्पेन्द्र कुमार यादव स्वतन्त्र उम्मेदवार रहेका छन् । पूर्वसांसद गिरिले यसपटक स्वतन्त्र उम्मेदवारी दिएकी हुन् 

यस्तै क्षेत्र नम्बर २ मा कांग्रेसकी चित्रलेखा यादव र जसपाका राजकिशोर यादवबीच कडा प्रतिस्पर्धा हुने भएको छ । यादव सत्ता गठबन्धनकी हुन् भने यादवलाई एमालेको समर्थन रहेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले मुरलि मिझारलाई उम्मेदवार बनाएको छ । उनी केही अघिमात्रै राप्रपामा प्रवेश गरेका थिए । यस्तै नेपाल मजदुर किसान पार्टीले राज कुमार पासमान, जनमत पार्टीले बिनोद कुमार यादव, हाम्रो नेपाली पार्टीले शिव शंकर यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले रास लाल सिंह, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले    शिला देवी राम, राष्ट्रिय जनमुक्ति पार्टीले राजेन्द्र पाख्रीनलाई उम्मेदवार बनाउँदा स्वतन्त्रबाट शिब राम यादव, कारी राम यादव, देव कुमार यादव, राम रिझन यादब, हरि नारायण नेपाल यादव, शिव राम यादव, परमेश्वर कामती, दिलीप ठाकुर, सुरेश कुमार कार्की, दिपक कुमार यादव, लक्ष्मण कुमार दास, राम प्रकाश महतो, शिव कुमार यादव, संतोष कुमार यादव र आनन्द कुमार यादव उम्मेदवार रहेका छन् । 

यस्तै क्षेत्र नम्बर ३ बाट एमालेले लिलानाथ श्रेष्ठ र माओवादी केन्द्रले विश्वनाथ साहलाई उम्मेदवार बनाएको छ । यस्तै राप्रपाबाट गोवर्धन दास तत्मा, जनमत पार्टीबाट दिनेश कुमार  यादव, पिछडावर्ग निषाद दलित जनजाती पार्टीबाट राज कुमार मुखिया, जनसमाजवादी पार्टी नेपालबाट सरोज कुमार यादव उम्मेदवार रहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिपक कुमार साह उम्मेदवार बन्दा स्वतन्त्रबाट प्रदिप कुमार श्रेष्ठ, सीता पौखरेल, नारायण ठाकुर, राम  पुकार  यादव, रबिन्द्र कुमार यादव, बौवे लाल यादव, दिप कुमार लामा, ओम प्रकाश श्रेष्ठ, श्याम सुन्दर यादव, सुमित श्रेष्ठ, निलेश कुमार श्रेष्ठ, विक्रम कुमार साह, सुरेन्द्र कुमार महतो र राकेश कुमार यादव उम्मेदवार रहेका छन् । 

यसैगरी क्षेत्र नम्बर ४ मा जनता समाजवादी पार्टी, नेपालबाट     बिरेन्द्र प्रसाद महतो, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगीना कुमार झा उम्मेदवार हुँदा नेपाल मजदुर किसान पार्टीबाट रामेश्वर साह, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) बाट  धर्मनाथ प्रसाद साह उम्मेदवार रहेका छन् । साहलाई गठबन्धनको समर्थन रहेको छ भने जसपाका महतोलाई एमालेको समर्थन रहेको छ । 

यस्तै जनमत पार्टीबाट वीरेन्द्र प्रसाद साह, नेपालका लागि नेपाली पार्टीबाट प्रमोद चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट विजय यादव, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) बाट बिजय कुमार पजियार, नेपाल आमा पार्टीबाट तारा देवी भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विमल कुमार तिवारी उम्मेदवार रहेका छन् । यस्तै स्वतन्त्रबाट राजेश कुमार यादब, अन्जनी राई, दिपेन्द्र राउत, जागेश्वर यादव, सुरेन्द्र कुमार ठाकुर, कासिन्द्र यादव, सन्त कुमार शर्मा, फुलगेन नायक र दिपक कुमार श्रेष्ठ उम्मेदवार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप