मोरङ–४ मा मोदी भर्सेस ढकाल : ६ स्वतन्त्रसहित १६ जना उम्मेदवार
मोरङको–क्षेत्र नम्बर ४ मा ६ जना उम्मेदवारसहित १६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धन दलका तर्फबाट माओवादी नेता अमनलाल मोदी उम्मेदवार बनेका छन् । यस्तै एमाले गठबन्धनका तर्फबाट सो क्षेत्रमा एमाले नेता विनोद ढकाल उम्मेदवार बनेका छन् ।
राप्रपाका रवि रिजाल, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, लोसपाका लक्ष्मण साहु, हाम्रो नेपाली पार्टीका नवीनकुमार विश्वास, मंगोल अर्गनाइजेसनका धनबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गेल्टेन ऋषिदेव, नेपाली काँग्रेस (बि.पी)बाट अशोक पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेत्रप्रसाद सिवाकोटी दलीय उम्मेदवार बनेका छन् ।
अन्य स्वतन्त्र उम्मेदवारहरुमा राजेन्द्रकुमार खवास, कुवेत मिया, ज्ञानेन्द्र खत्री, पदम कार्की, मशे नेपाल र देवनारायण विश्वास रहेका छन् । अघिल्लो पटकको निर्वाचनमा नेपाली काँग्रेसका नेता महेश आचार्यलाई पराजित गर्दै विजयी बनेका मोदी यस पटक पुनः उम्मेदवार बनेका हुन् । सो एमाले र सत्ता गठबन्धन दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने यो क्षेत्रमा थारु राजवंशी समुदायको बाहुल्य रहेको छ ।
सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत निम्नानुसार छ ।
एमाले २५७३०
कांग्रेस २१८९४
माओवादी ९९९०
राप्रपा ४६७४
जसपा ३११२
एस १२५५
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण