प्युठानमा जनमोर्चाकी दुर्गा पौडेलको दोहोरिने दाउ, यी हुन् प्रतिस्पर्धी
बिहीबार, २७ असोज २०७९, १७ : ११
प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र रहेको प्युठानमा सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल उम्मेदवार बनेकी छन् । उनी २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । प्रतिनिधिसभा सदस्यमा दोहोरिने दाउमा रहेकी पौडेललाई गठबन्धनको साथले ढाडस दिएको छ ।
उनीसँगको प्रतिस्पर्धामा नेकपा एमालेले सूर्यबहादुर थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ । थापा पहिलो पटक संघीय संसदका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन् । यहाँ राप्रपाले होमबहादुर बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी मालेबाट माधव सिं केसी, मंगोल नेशनल अर्गनाइजेसनबाट मनबहादुर पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्णप्रसाद पोख्रेल र स्वतन्त्र उम्मेदवार दानप्रसाद सुवेदी पनि यो क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण