मोरङ र सुनसरीबाट लाखौँको अवैध पटाका बरामद
मोरङका विभिन्न स्थानबाट अवैध पटाका प्रहरीले बरामद गरेको छ । जिल्लाको धनपालथान गाउँपालिका-२ गोसाईं पोखरीबाट करिब ३० हजार रुपैयाँ मूल्य बराबरको पटका प्रहरीले बरामद गरेको हो ।
प्रहरीका अनुसार नागिन पटाका १८ प्याकेट, किङ्ग कोब्रा पटाका १२ प्याकेट, ग्रिन चक्र १० पिस, सिल्भर राईन्स १० पिस, खैबर ५ पिस, बुलेट रकेट १० पिस, पन्ध्र स्टार १ प्याकेट, बाह्र स्टार १ प्याकेट, झिरझिरे १ कार्टून, ईलेक्टी स्टाम ४ पिस, गोल्ड क्लास ८ पिस बिहीबार बिहान बरामद गरेको छ । प्रहरी चौकी अमाहीबाट खटिएको प्रहरीलाई भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले देख्नासाथ पटाका छोडी फरार भएपश्चात् २ वटा बोरामा रहेका उक्त पटाका प्रहरीले बरामद गरेको हो ।
यसैगरी मोरङकै सुनवर्षी नगरपालिका-९ डाईनियाबाट १ लाख रुपैयाँ मूल्य बराबरको चक्लेट बम ८ बण्डल, चक्र बम ठूलो ८ बण्डल, फुलझरी ५ बण्डल, फुलझरी सानो १२ प्याकेट, झिरझिरे १५ बण्डल, चक्र बम सानो ३ बण्डल र सर्प बम ४ प्याकेट बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीलाई देख्नाँसाथ उक्त पटाका सोही ठाउँमा छोडी फरार भएपश्चात् प्रहरीले बरामद गरेको हो ।
त्यस्तै मोरङ, धनपालथान गाउँपालिका-४ भलुवाबाट करिब ६० हजार रुपैयाँ मूल्य बराबरको झिरझिरे पटाका २८ प्याकेट, रकेट पटाका ८ प्याकेट, अटोमेटिक रकेट पटाका २ प्याकेट, मिनी बुलेट पटाका २० प्याकेट र सुपर फ्लावर ५ प्याकेट बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा ल्याउँदै गरेको उक्त पटाका सोही ठाउँमा छोडी अपरिचित व्यक्ति फरार भएपश्चात् प्रहरीले बरामद गरेको हो ।
सुनसरीको इनरुवा नगरपालिका-२ स्थितबाट करिब ७ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटाकाहरू बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त पटाका बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण