कर्णालीबाट प्रतिनिधि सभाका लागि १२ सिटमा ७४ जनाको प्रतिस्पर्धा
शुक्रबार, २८ असोज २०७९, ०६ : ५९
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावको लागि कर्णालीबाट ७४ जना उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । १० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
१२ सिटका लागि ७४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन् । जसमध्ये २-२ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सबैभन्दा बढी १७ जना उम्मेदवार बनेका छन् भने दैलेखमा १३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । यस्तै सल्यानमा ७, डोल्पामा ५ मुगुमा ५, जुम्ला ५, कालिकोटमा ७, जाजरकोटमा ६, रुकुम पश्चिममा ६ प्रतिनिधि सभाको लागि मैदानमा छन् ।
यस्तै हुम्लामा भने सबैभन्दा कम ३ जना मात्रै उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । यस जिल्लामा गठबन्धनबाट साझा उम्मेदवारको रुपमा माओवादी, एमाले र राप्रपाका उम्मेदवार रहेका छन् । यस्तै १० जिल्लामा १३ जना स्वतन्त्र उम्मेदवारहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण