काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ सय बढी सवारी चालकमाथि कारवाही
शुक्रबार, २८ असोज २०७९, १० : ३३
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६१७ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ३३४ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १८१ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने १२३ जना र ढोका खुल्ला राखेर सवारी चलाउने १०१ जना सवारी चालक रहेका छन् ।
सडक लेन उल्लङ्घन गर्ने ९५ जना, रातो बत्तीको उल्लघंन गर्ने ६७ जना, एकतर्फी सडकमा सो विपरित चलाउने ५८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ४३ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण