आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ सय बढी सवारी चालकमाथि कारवाही

शुक्रबार, २८ असोज २०७९, १० : ३३
शुक्रबार, २८ असोज २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६१७ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ३३४ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १८१ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने १२३ जना र ढोका खुल्ला राखेर सवारी चलाउने १०१ जना सवारी चालक रहेका छन् । 

सडक लेन उल्लङ्घन गर्ने ९५ जना, रातो बत्तीको उल्लघंन गर्ने ६७ जना, एकतर्फी सडकमा सो विपरित चलाउने ५८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ४३ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप