नक्सलवादी समूहसँग सम्बन्ध गाँसेको आरोपमा जेलमा रहेका भारतीय प्राध्यापक रिहा
नक्सलवादी भनेर चिनिने भारतीय माओवादी समूहहरुसँग आवद्ध रहेको आरोपमा थुनामा रहेका प्राध्यापक जीएन साईबाबालाई बम्बई उच्च न्यायालयको नागपुर बेन्चले रिहा गरेको छ । न्यायाधीशद्वय रोहित देव र अनिल पानसरेको इजलासले ट्रायल कोर्टको फैसला उल्टाउँदै यस्तो निर्णय गरेको हो ।
दिल्ली विश्वविद्यालयका प्राध्यापक रहेका जीएन साईबाबालाई ट्रायल कोर्टले सन् २०१७ मा नक्सलवादीसँग जोडिएको आरोपमा आजीवन कारावासको सजाय सुनाएको थियो । प्रोफेसर साईबाबाले यस निर्णयलाई बम्बई उच्च अदालतको नागपुर बेन्चमा चुनौती दिँदै अपील दायर गरेका थिए ।
दिल्ली विश्वविद्यालयका अङ्ग्रेजीका प्राध्यापक जीएन साईबाबालाई माओवादी संगठनमा आबद्ध रहेको आरोपमा महाराष्ट्र प्रहरीले सन् २०१४ मेमा पक्राउ गरेको थियो । प्राध्यापक जीएन साईबाबा समाजसेवीका रूपमा रिभोलुशनरी डेमोक्रेटिक फ्रन्ट नामक संस्थामा पनि आवद्ध छन्, जुन संगठनका उनी उपसचिव भइसकेका छन् ।
भारतीय गुप्तचर निकायहरुले रिभोलुशनरी डेमोक्रेटिक फ्रन्टको माओवादीहरुसँग सम्बन्धन रहेको आरोप लगाउँदै निशाना बनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण