एकपटक मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बन्छु : रेखा थापा
अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताएकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले शुक्रबार पथरी शनिश्चरेमा मतदातासँगको भेटमा यस्तो बताएकी हुन् ।
रेखाले आफू आश्वासन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पुरा गर्ने बताइन् । यसअघि जितेका जनप्रतिनिधिले उक्त क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेकोले गलत परम्परा तोड्नको लागि आफू चुनावी मैदानमा खडा भएको उनले बताइन् ।
उनले आफू कुराभन्दा पनि काममा विश्वास गर्ने व्यक्ति भएकोले जनताले जिताएर पठाए सो क्षेत्रको मुहार फेर्ने विश्वास दिलाइन् । थापाले आफ्नो निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुम्बासी समस्यालगायतका क्षेत्रमा थुप्रै काम गर्ने बताइन् ।
‘म आँट लिएर यो क्षेत्र बनाउने महान अभियानमा जुटेको छु,मलाई एकपटक सेवा गर्न दिनुहोस्, सिर्फ पाँच वर्षका लागि,’ उनले भनिन्, ‘म यो ठाउँकी छोरी हुँ । धेरै बोल्न र नेताहरू जस्तो अभिनय गर्न जान्दिनँ । मलाई नेताहरूको जस्तो भाषण गर्न आउँदैन। कलाकारको तुलनामा नेताहरू बोल्न र अभिनय गर्न सिपालु हुन्छन् ।’
उनले आफूलाई जिताए जनप्रतिनिधि भनेको रेखा जस्तै हुनुपर्छ भन्ने गौरव गर्न लायक बन्ने प्रतिवद्धता व्यक्त गरिन् । ‘यो क्षेत्रबाट हामीले धेरैलाई जनप्रतिनिधि बनाइसक्यौँ तर उल्लेखनीय रूपमा सुधार हुन सकेन,’ उनले भनिन्, ‘यसैले पनि उम्मेदवारका रूपमा यहाँ आएकी हुँ ।’ –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण