जसपाद्वारा केन्द्रीय सदस्य साह निलम्बित
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका केन्द्रीय सदस्य कृष्णशंकर साहलाई निलम्बन गरेको छ । गत असोज २१ गतेका दिन महोत्तरी–३ को क्षेत्रीय कार्यक्रममा अमर्यादित र अभद्र क्रियाकलाप गरेको भन्दै पार्टीले उनलाई निलम्बित गरेको छ ।
केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागका प्रमुख पूर्णबहादुर बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यही २०७९ आश्विन २१ गतेका दिन महोत्तरी क्षेत्र नं ३ को क्षेत्रीय कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कृष्णशंकर साह लगायतका केही व्यक्तिहरूबाट भएको अमर्यादित र अभद्र क्रियाकलापले गर्दा सो दिनको भेला मात्र भाँडिएन, उक्त दिन खास गरी महिला माथि गरिएको अपमान, हातपात तथा अभद्र कार्यप्रति पार्टीको ध्यानाकर्षण भएको छ ।’
पार्टी विधि, पद्धति विपरीत अनुशासनहीन कार्य गर्ने, महिला नेतृहरुमाथि हातपात तथा अपमान एवम् अभद्र व्यवहार गर्ने साहलाई पार्टी विधानले गरेको व्यवस्था बमोजिम निलम्बन गरिएको पार्टीले जनाएको छ । घटनाको छानबिन गरी पार्टीले आवश्यक निर्णय लिने समेत जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण