बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झण्डा (तस्बिरहरु)

आइतबार, ३० असोज २०७९, २२ : ५०
आइतबार, ३० असोज २०७९

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएका छन् ।  ललितपुर महानगरपालिका परिसरमा  श्रद्धाञ्जलीका लागि राखिएको जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा ओढाएका हुन् ।

जोशीलाई श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री पम्फा भुसाल, नेता वामदेव गौतम, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायत पुगेका थिए ।   उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप