लमजुङबाट लागूऔषधसहित दुई युवक पक्राउ

लमजुङबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्जबाट बेंसीशहर आएको बसबाट ओर्लिएका दुई युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
आइतबार बिहान साढे ६ बजेतिर बेंसीशहर नगरपालिका ८ शेराको पृथ्वी बस काउन्टर नजिकै बसिरहेको अवस्थामा शंकास्पद देखिएको र जाँच गर्ने क्रममा उनीहरूले झोलामा राखेर ल्याएको अवस्थामा २९ एम्पुल डाइजेपाम, २९ एम्पुल फेनरागन र २९ एम्पुल नुफिन फेला पारेको प्रहरीले जनाएको छ ।
डीएसपी प्रकाश श्रीमलका अनुसार उनीहरू लमजुङकै बेंसीशहर नगरपालिका ८ का २२ वर्षीय दिपेन गुरुङ र ३० वर्षीय तेज गुरुङ रहेको खुलेको र उनीहरूको साथबाट लागूऔषधसहित दुई वटा मोबाइल बरामद गरिएको छ । पक्राउ गरिएका दुई युवकलाई आइतबार नै जिल्ला अदालतबाट दिन ८ को म्याद थप अनुमति लिई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान कार्य थालिएको प्रहरीको भनाइ छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
-
१० बजे, १० समाचार : भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, दुर्गा प्रसाईंले गरे करोडौँ ऋण दुरुपयोग
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी