जिल्ला अस्पताल खोटाङको अक्सिजन प्लान्ट सुचारु
बिग्रिएको उपकरण फेरेपछि जिल्ला अस्पताल खोटाङको अक्सिजन प्लान्ट सुचारु भएको छ । थ्री फेज स्टेप्लाइजरको बिग्रिएको पिसि बोर्ड फेरेपछि अक्सिजन प्लान्टबाट नियमित अक्सिजन उत्पादन सुचारु भएको हो । थ्री फेज स्टेप्लाइजरको पिसि बोर्ड बिग्रँदा झण्डै तीन हप्तादेखि अक्सिजन उत्पादनको काम बन्द भएको थियो । थ्री फेज स्टेप्लाइजरको पिसि बोर्ड फेरेपछि आइतबारदेखि अक्सिजन उत्पादनको काम नियमित भएको जिल्ला अस्पतालका डा.नितु लामाले बताइन् ।
उद्घाटन गरिएको दुई महिनामै अक्सिजन प्लान्टको उपकरण बिग्रिएको थियो । मुन रक्स इन्टरनेशनल प्रालिले प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरेको अक्सिजन प्लान्ट गत साउन २३ गते उद्घाटन गरिएको थियो । मुन रक्स इन्टरनेशनल प्रालिले नयाँ उपकरण पठाएर फेरेपछि अक्सिजन प्लान्ट सुचारु भएको जिल्ला अस्पतालले जनाएको छ । अक्सिजन प्लान्टले काम नगर्दा अक्सिजन सिलिन्डर भर्नका लागि विराटनगर पुग्नुपर्ने बाध्यता छ । प्लान्ट जडानसँगै जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको भनिएको छ ।
अक्सिजन प्लान्ट जडानका लागि नौ फर्मको आवेदन परेकामा घटाघटमा मुन रक्स इन्टरनेशनल प्रालिले ठेक्का पारेको थियो । तर अक्सिजन प्लान्टको संरचना कमसल बनेको भन्दै सर्वत्र विरोध भएको थियो । निर्माण कम्पनीले कमसल संरचना सुधार गरेपछि अक्सिजन प्लान्ट उद्घाटन गरिएको थियो ।
अक्सिजन प्लान्टको ट्रस अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको, सिंगल इँटाको पर्खाल धकेल्दा ढल्ने खालको बनाइएको, ट्रसमाथि कागजजस्तो पातलो जस्ताको छाना हालिएको, मान्छे छिर्नसक्ने ठाउँ राखिएको, पर्खालभन्दामाथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको, जालीलाई प्लास्टिकको डोरीले बाँधेको पाइएपछि १० लाख भुक्तानी रोकिएको थियो ।
अक्सिजन प्लान्टको जस्ता र जाली फेर्ने, वाल प्लास्टर गर्ने काम गरेपछि मात्र बाँकी रकम भुक्तानी दिइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ । अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत असार २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई नेतृत्वको टोलीले निरीक्षण गरेको थियो ।
अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ । हाल जिल्ला अस्पतालको ५० शय्याको भवन निर्माणाधीन अवस्थामा छ । ५० शय्याको अस्पताल तयार भएपछि पाइपलाइनमार्फत सिधै बिरामीको बेडमा अक्सिजन पुर्याउने व्यवस्थापन मिलाइने अस्पतालले जनाएको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण