‘मैले क्लब छाड्छु भनेको छैन’
सोमबार, ३१ असोज २०७९, ११ : ५२
पेरिस सेन्ट जर्मेनका फरवार्ड किलियन एम्बाप्पेले आगामी जनवरीमा क्लब छाड्छु भनेर कहिले पनि नभनेको बताएका छन् । २३ वर्षीय फ्रान्सका खेलाडीले गत मे महिनामा क्लबसँग ३ वर्षको नयाँ करार गरेका थिए ।
सन् २०१८ को विश्वकप विजेता एम्बाप्पे यसअघि रियल मड्रिड जाने चर्चा चलेको थियो । आइतबार मार्सेविरुद्ध १–० को जीत निकाल्दा नेयमारका लागि गोलको अवसर सिर्जना गरेपछि उनले भने, ‘म निकै खुसी छु । मैले जनवरीमा क्लब छाड्छु भनेर कहिले पनि भनेको छैन ।’
मंगलबार पीएसजीको च्याम्पियन्स लिगमा बेनफिका विरुद्धको खेल विरुद्ध एम्बाप्पेले क्लब छाड्न चाहेको रिपोर्टहरू सार्वजनिक भएका थिए । ‘मलाई थाहा छैन किन यस्ता रिपोर्ट प्रकाशित भए । म अरू जस्तै आश्चर्यचकित थिएँ । म यसमा संलग्न छन् भन्लान् तर म थिइनँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण