पुरुष बास्केटबल : आर्मी र गण्डकीको सहज जित
गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा आर्मी र गण्डकी प्रदेशले सहज जित निकालेका छन् । पोखरा रंगशालामा सोमबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत समूह ए तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई १०६–८२ स्कोरले पराजित गरेको हो ।
खेलको पहिलो सेटमा २६– २९ स्कोर र दोस्रो, तेस्रो, चौथोमा क्रमशः ३३–१९, २७–१३, २०–२१ अङ्क ल्याएको थियो । आर्मीलाई जिताउन आयुश सिङ जर्सी न ४ ले सर्वाधिक ३२ अंक ल्याएका थिए । त्यस्तै समुह ए तर्फको दोस्रो खेलमा बागमतीले प्रदेश १ लाई ८७–४४ स्कोरले पराजित गरेको छ । बागमतीका खेलाडी प्रजुन महर्जनले हाइ स्कोर २२ अङ्क जोडेका थिए ।
आज नै सम्पन्न ‘थ्री अन थ्री’ खेल तर्फ समूह ए तर्फ एपिएफले प्रदेश १ लाई २१–१० स्कोरले पराजित गरेको छ । भने दोस्रो खेलमा नेपाल पुलिसले मधेश प्रदेशलाई १९–०७ स्कोरले पराजित गरेको छ ।
त्यस्तै आज नै सम्पन्न समुह बि तर्फको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २१–०३ स्कोरले पराजित गरेको छ । त्यसैगरी दोस्रो खेलमा बागमतीले २१–१२ स्कोरले पराजित गरेको छ । आज दिउँसो २ बजेबाट फाइभ अन फाइभ अन्तर्गत समूह बी का दुई खेलहरु हुँदै छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण