स्कटल्यान्डसँग हार्यो वेस्ट इन्डिज
आठौं संस्करणको टी–ट्वान्टी विश्वकप क्रिकेटमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई हराउँदै सुखद सुरुवात गरेको छ । स्कटल्यान्डले सोमबार भएको खेलमा वेस्ट इन्डिजलाई ४२ रनले हराएको हो ।
स्कटल्यान्डले दिएको १६० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १८ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ११८ रन बनायो ।
जेसन होल्डरले सर्वाधिक ३८ रन बनाए । त्यस्तै केले मेरसले २० रन बनाउँदा बर्नान्डो किङ १७ तथा इभन लुइसले १४ रन जोडे । स्कटल्यान्डका लागि मार्क वटले सर्वाधिक तीन विकेट लिए । त्यस्तै ब्राड ह्वेल र मिचल लेक्सले दुई–दुई विकेट लिए । जोस डावे र सारिफले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनायो ।
स्कटल्यान्डका लागि जर्जि मुन्सेले ६६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कलुम म्याकलोडले २३ रन बनाउँदा मिचल जोन्सले २० रन जोडे । यो जितसँगै समूह बी मा स्कटल्यान्डले पहिले खेलबाट २ अंक जोडेको छ । यता वेस्ट इन्डिजले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँ : अर्थमन्त्री वाग्ले
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका पाइलट धरौटीमा रिहा
-
नेपाललाई भूराजनीतिक भुमरीमा धकेल्ने जोखिम छ : प्रदीप ज्ञवाली
-
डा. गोविन्द केसीसँग छलफल सुरु गरिसकेका छौँ : शिक्षामन्त्री
-
हिमालय जेटको उडान तयारी अन्तिम चरणमा, विभिन्न पदमा रोजगारी खुला
-
‘सडक सुरक्षा सरकार, नागरिक, सञ्चारमाध्यम र सरोकारवालाको साझा दायित्व’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण