नवौं खेलकुद : एथलेटिक्समा आज पाँच स्वर्ण पदकको निर्णय
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार एथलेटिक्सको ५ स्वर्ण पदकको निर्णय भएको छ । जसमा नेपाली सेनाले ३ तथा लुम्बिनी र कर्णाली प्रदेशले ११ स्वर्ण पदक हात पारेका छन्।
पोखरा रंगशालामा सोमबार भएको महिला १ सय मिटर हर्डल्समा नेपाली सेनाकी जयरानी थारुले स्वर्ण पदक प्राप्त गरिन्। हिट चरण १५.१६ सेकेन्डको समयमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइसकेकी जयरानीले फाइनलमा स्वर्ण पदक जित्न १५.६९ सेकेन्डको समय लिइन्।
उनले आफ्नै नाममा रहेको १५.२० सेकेन्डको कीर्तिमान उछिनेकी हुन्। यस विधामा नेपाली सेनाकै निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत तथा एपीएफकी भगीरती कुमारी थारुले १९.१३ सेकेन्डको समयमा पूरा गरेर कास्य पदक जितिन्।
यसैगरी १ सय १० मिटर पुरुष हर्डल्समा पनि नेपाली सेनाकै जीवन चौधरीले स्वर्ण पदक जित्न सफल भए। चौधरीले निर्धारित दुरी १५.०३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् । सो इभेन्ट्समा पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत पदक तथा सेनाका राम प्रसाद थारुले १६.०० सेकेन्डको समयमा पूरा गरी कास्य पदक जिते।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण