चार बलमा चार विकेट गुमाउँदै अस्ट्रेलिया भारतसँग पराजित
टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । अष्ट्रेलियाले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।
भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनायो । सूर्यकुमार यादवले ५० तथा केएल राहुलले ५७ रनको अर्धशतकीय पारी खेले । अभ्यास खेल भएपनि दुवै टोलीका खेलाडीले जितका लागि मैदानमा पूर्ण शक्ति लगाएको देखियो ।
खेलको अन्तिम ओभर सबैभन्दा रोमाञ्चक क्षण बन्यो। कप्तान रोहित शर्माले सबैलाई चकित पार्दै बल मोहम्मद शामीलाई दिए । अष्ट्रेलियालाई खेल जित्न ११ रन आवश्यक थियो। शमीको अगाडि प्याट कमिन्स थिए । पहिलो बल लो फुट टस थियो र कमिन्सले लङ अन तर्फ खेल्दा सजिलै दुई रन चोरे।
दोस्रो बल खेल्न पनि कमिन्सलाई खासै समस्या भएन र मिड विकेट क्षेत्रबाट दुई रन लिएर उनले हार-जितको अन्तरलाई थप घटाए । सामीको तेस्रो बलमा कमिन्सले कडा प्रहार गर्दा खेल बराबरी हुने देखियो । बल हावामा थियो र बाउन्ड्री रेखा पार गर्न लाग्दा विराट कोहली अगाडि आए। हावामा उफ्रँदै कोहलीले एक हातले बललाई क्याच गरेर लगभग छक्का भएको बललाई विकेटमा परिणत गरे।
चौथो बल विकेटको पछाडि दिनेश कार्तिक पुग्यो, एस्टन अगरले कठिन रन चोर्ने प्रयास गरे र कार्तिकको थ्रोमा कुनै गल्ती नगरी विकेट उडाए। शामीले पाँचौं बलमा ट्रम्प कार्ड खेले। योर्कर बलिङ गर्दा उनले नयाँ ब्याट्सम्यान जोस इन्ग्लिसलाई बोल्ड गरे। खेल भारतको पकडमा थियो । शमीले अन्तिममा केन रिचर्डसनको बेल छर्दै शामीले आफ्नो तेस्रो शिकार बनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण