खल्तीबाट मेटलाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यास ब्याक
मङ्गलबार, ०१ कात्तिक २०७९, १० : ०७
खल्तीले मेटलाईफ इन्स्योरेन्सको बीमा प्रिमियम 'खल्ती' बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि अफर उपलब्ध गराएको छ । यस अफरअनुसार प्रयोगकर्ताहरूले एक हजारसम्मको क्यास ब्याक प्राप्त गर्नेछन् । साथै दुई भाग्यशाली विजेताले अक्टोबरदेखि डिसेम्बर २०२२ सम्म, प्रत्येक महिना, स्मार्ट ब्याण्ड पनि प्राप्त गर्ने छन् । यो अफर डिसेम्बर ३१ सम्म लागु हुनेछ ।
प्रयोगकर्ताले प्रिमियम भुक्तानीको लागि तोकिएको मितिभन्दा सात दिनभित्र भुक्तानी गर्नुपर्ने हुन्छ । साथै, खल्तीमार्फत आउने क्यास ब्याक प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्नेछन् ।
यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउने भएकाले भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण