कर्णालीमा गठबन्धनको बैठक : निर्वाचन परिचालन समन्वय समिति गठन गरिने
कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय निर्वाचन परिचालन समन्वय समिति गठन गरिने भएको छ । उक्त समितिले गठबन्धनका पक्षमा जनमत तयार गर्नका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने छ ।
मंगलबार नेपाली कांग्रेसको पार्टी कार्यालय वीरेन्द्रनगरमा बसेको गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो । नेकपा (माओवादी केन्द्र)का प्रदेश अध्यक्ष विमला केसीका अनुसार गठबन्धन दलका साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिने गठबन्धन दलभित्रकै विद्रोही उम्मेदवारी निष्क्रिय गराउने विषयमा पनि छलफल भएको छ । प्रदेशमा एकीकृत समाजवादीका नेताहरुले गठबन्धनका विरुद्धमा धेरैजसो ठाउँमा उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनका साझा उम्मेदवारका विरुद्धमा उम्मेदवारी दिएकाहरुलाई निष्क्रिय गर्नका लागि सहजीकरण आ–आफ्नो दलले गर्ने निर्णय भएको केसीले बताइन् । साथै कार्तिक ६ गते सुर्खेतमा कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रमलाई सफल गराउनेबारे पनि वृहत रुपमा छलफल भएको उनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण