शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नवौं राष्ट्रिय खेलकुद : पुरुष बास्केटबलमा  गण्डकी, आर्मी, एपीएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश

मङ्गलबार, ०१ कात्तिक २०७९, १८ : ११
मङ्गलबार, ०१ कात्तिक २०७९

गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ मंगलबार भएको लिग चरणको खेलमा आर्मी, एपिएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रगंशालामा मगंलबार  सम्पन्न ‘थ्रि अन थ्रि’ बास्केटबल प्रतियोगिता अन्तर्गत  समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई २१–२० स्कोरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।

आजै सम्पन्न दोस्रो खेलमा प्रदेश १ ले मधेसलाई २१–०५ स्कोरले हराएको छ । समूह चरणको अंक तालिकामा आर्मी ८ अंकका साथ विजेता बनेको छ भने एपिएफले ७ अंक जोड्दै उपविजेता बनेको छ । त्यस्तै समूह वि तर्फको पहिलो खेलमा बागमती प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १४–१० स्कोरले हराएको छ । अंक तालिकामा उपविजेता हुँदै ७ अंकका साथ बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । 

त्यस्तै दोस्रो खेलमा कर्णालीले लुम्बिनीलाई १९–१० स्कोरले हराएको छ । समूह वि अन्तर्गत अंक तालिकामा ८ अंकका साथ गण्डकी विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने बागमती ७ अंक जोडेको छ । भोलि २ गते बुधवार विहान सेमिफाइनलको पहिलो खेल विभागीय टोली एपिएफ र बागमती प्रदेशबीच हुँदैछ भने दोस्रो खेल गण्डकी र आर्मीबीच हुँदैछ । प्रतियोगितामा १० समूह सहभागी छन् भने गत २८ गतेदेखि खेलहरु जारी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप