नवौं राष्ट्रिय खेलकुद : पुरुष बास्केटबलमा गण्डकी, आर्मी, एपीएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश
गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ मंगलबार भएको लिग चरणको खेलमा आर्मी, एपिएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रगंशालामा मगंलबार सम्पन्न ‘थ्रि अन थ्रि’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई २१–२० स्कोरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।
आजै सम्पन्न दोस्रो खेलमा प्रदेश १ ले मधेसलाई २१–०५ स्कोरले हराएको छ । समूह चरणको अंक तालिकामा आर्मी ८ अंकका साथ विजेता बनेको छ भने एपिएफले ७ अंक जोड्दै उपविजेता बनेको छ । त्यस्तै समूह वि तर्फको पहिलो खेलमा बागमती प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १४–१० स्कोरले हराएको छ । अंक तालिकामा उपविजेता हुँदै ७ अंकका साथ बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै दोस्रो खेलमा कर्णालीले लुम्बिनीलाई १९–१० स्कोरले हराएको छ । समूह वि अन्तर्गत अंक तालिकामा ८ अंकका साथ गण्डकी विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने बागमती ७ अंक जोडेको छ । भोलि २ गते बुधवार विहान सेमिफाइनलको पहिलो खेल विभागीय टोली एपिएफ र बागमती प्रदेशबीच हुँदैछ भने दोस्रो खेल गण्डकी र आर्मीबीच हुँदैछ । प्रतियोगितामा १० समूह सहभागी छन् भने गत २८ गतेदेखि खेलहरु जारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण