मनाङमा सबैभन्दा कम उम्मेदवार
बुधबार, ०२ कात्तिक २०७९, ११ : ५१
प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला मनाङमा सवैभन्दा कम तीनजना उम्मेदवार छन् । एक निर्वाचन क्षेत्र रहेको यो जिल्लामा नेकपा एमालेबाट पाल्देन छोपाङ गुरुङ, कांग्रेसबाट टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य गुरुङ उम्मेदवार बनेका छन् ।
यो जिल्लामा एमालेका पाल्देन र कांग्रेसका टेक बहादुरबीच मुख्य प्रतिस्पर्धा हुनेछ । निर्वाचन आयोगले सार्वजनिक गरेको क्षेत्रगत मतदाताको विवरणअनुसार सबैभन्दा थोरै मतदाता रहेको क्षेत्र मनाङ रहेको छ । मनाङमा कुल ६ हजार सात सय ७९ मतदाता छन्।
०७४ को चुनावमा मनाङमा एमालेका पाल्देङ गुरुङ दुई हजार एक सय ६७ मतसहित विजयी हुँदा कांग्रेसका टेकप्रसाद गुरुङ एक हजार नौ सय १९ मत ल्याएर हारेका थिए । ४ मंसिरको निर्वाचनमा फेरि पनि दुईबीच चुनावी प्रतिस्पर्धा हुनेछ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण