लमजुङका २३ मतदानस्थल अति संवेदनशील
जिल्ला सुरक्षा समिति लमजुङले जिल्लाका मतदान स्थलको सुरक्षा स्तरीकरण गरेको छ । जिल्लाका एक सय ३० मतदान स्थलमध्ये २३ वटा मतदान स्थललाई अति संवेदनशील क्षेत्र छन् । सुरक्षा समितिका अनुसार जिल्लामा ८६ वटा मतदानस्थल संवेदनशील र बाँकी २१ मतदान स्थललाई सामान्य मानिएको सुरक्षा समिति लमजुङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
प्रजिअ वैद्यले अति संवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको बताए । निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउन सुरक्षाको दृष्टिकोणबाट कुनै कमी हुन नदिने प्रजिअ वैद्यको भनाइ छ । चारवटा नगरपालिका र चारवटा गाउँपालिका रहेको लमजुङमा अति संवेदनशील केन्द्रमा भौगोलिक विकटता र यसअघिको निर्वाचन सुरक्षा अवस्थाको आधारलाई मानिएको छ ।
लमजुङमा १ सय ३० मतदान स्थलमा एकसय ८८ मतदान केन्द्र छन् । सुरक्षा समितिले सवै मतदान स्थलको अनुगमन गरी सुरक्षा व्यवस्थालाई कडाइ गर्ने जनाएको छ । सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । त्यो भन्दा बाहिरी घेरामा नेपाली सेनालाई पनि प्रयोग गरिने सुरक्षा समिति लमजुङले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन् । जिल्लामा एक लाख ३३ हजार ५ सय ५९ मतदाता छन् । लमजुङमा निर्वाचन सुरक्षार्थ दुई हजार तीन सय ७६ सुरक्षाकर्मी खटिँदै छन् ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण