मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

बाटोमा लत्रिएको विद्युत तारबाट करेन्ट लाग्दा बालिकाको मृत्यु

बुधबार, ०२ कात्तिक २०७९, १३ : १७
बुधबार, ०२ कात्तिक २०७९

दैलेखको गुराँस गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर ४ की १३ वर्षीया दीपिका नेपाली रहेकी छन् ।  जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मामाघर गएकी उनलाई सडकमा लत्रिएको विद्युतको तारबाट करेन्ट लाग्दा मृत्यु भएको हो ।

दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार गुराँग गाउँपालिका–२ को गयलसेना भन्न्ने ठाउँमा बाटोमा लत्रिएको तारबाट उनलाई करेन्ट लागेको थियो ।  बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा लगिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप