एपीएफकी सोनी र आर्मीका बसन्तलाई ट्रायथोलनमा स्वर्ण
बुधबार, ०२ कात्तिक २०७९, १४ : ३५
आर्मीका बसन्त थारु र एपिएफकी सोनी गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्रायथोलनमा स्वर्ण पदक जितेकी छिन् । बुधबार भएको ट्रायथोलनको पुरुषतर्फ बसन्त र महिलातर्फ सोनीले स्वर्ण जितेका हुन् ।
पोखरा फेवातालमा पुरुष स्प्रिन्ट विधामा वसन्तले २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड १ घण्टा ०९ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेका हुन् । आर्मीकै दिपेश चौधरीले १ घण्टा १० मिनेट ०५ सेकेन्डमा पूरा गर्दै रजत जिते ।
कास्य जितेका एपीएफका मौलिक महर्जनले १ घण्टा १४ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै कास्य जिते । महिलातर्फ सोनीले १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । पुलिसकी शेर्बी महर्जनले रजत जित्दा आर्मीकी केशरी थापा मगरले कास्य पदक हात पारेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण