स्रोत नखुलेको २० लाख नगदसहित धनुषाबाट २ जना पक्राउ
बिहीबार, ०३ कात्तिक २०७९, ११ : ३७
धनुषाको सबैला नगरपालिका–१२ स्थित रघुनाथपुरबाट प्रहरीले श्रोत नखुलेको बीस लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भएका २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्ता छन् ।
आशिष कादमले चलाएको प्रदेश–१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा २० लाख नगद भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए । आरोपीहरुले सो नगदको स्रोत खुलाउन सकेका छैनन् ।
प्रहरी चौकी बरमझियाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौंमा पठाइएको डीएसपी क्षेत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण