सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको २० लाख नगदसहित धनुषाबाट २ जना पक्राउ

बिहीबार, ०३ कात्तिक २०७९, ११ : ३७
बिहीबार, ०३ कात्तिक २०७९

धनुषाको सबैला नगरपालिका–१२ स्थित रघुनाथपुरबाट प्रहरीले श्रोत नखुलेको बीस लाख     रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भएका २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्ता छन् ।

आशिष कादमले चलाएको प्रदेश–१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा  २० लाख नगद भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए । आरोपीहरुले सो नगदको स्रोत खुलाउन सकेका छैनन् ।

प्रहरी चौकी बरमझियाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौंमा पठाइएको डीएसपी क्षेत्रीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप