ललितपुरमा १३ सयभन्दा बढी म्यादी प्रहरी परिचालन हुने
ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १३ सय आठजना म्यादी प्रहरी परिचालन हुने भएको छ । ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सो जानकारी दिएका हुन् । हाल उनीहरुलाई तालिम दिने काम भइरहेको छ ।
ललितपुरका विभिन्न नौ स्थानमा उनीहरुको तालिमको व्यवस्था गरिएको छ । १० दिनको तालिम पछि उनीहरुलाई आवश्यकताअनुसार मतदान केन्द्रहरुमा परिचालन गरिने पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले नियुक्त गरिएका म्याद प्रहरीहरु मध्ये ६०७ जना पुराना म्यादी प्रहरी रहेको बताए ।
सरकारले हरेक निर्वाचनमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन म्यादी प्रहरी परिचालन गर्दै आएको छ । पूर्व सुरक्षाकर्मी, पुराना म्यादी प्रहरीहरूलाई प्राथमिकता दिएर म्यादी प्रहरी छनौट गर्ने प्रावधान छ । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण