ल्वाङ गाउँका स्थानीय माझ ‘२ नम्बरी’ प्रदर्शनी
गत २१ असोजबाट प्रदर्शनमा आएको फिल्म ‘२ नम्बरी’ कार्तिक ४ गते शुक्रबारबाट तेश्रो सातामा प्रवेश गरेको छ । तेश्रो सातामा पनि राम्रो शो पाएको फिल्म कास्कीको ल्वाङ गाउँका स्थानीयले पनि हेरेका छन् । ल्वाङ गाउँमै छायांकन भएको कारण त्यहाँका स्थानीयलाई निर्माण युनिटले फिल्म देखाएको हो । निर्माण युनिटसहित केही कलाकारको सहभागितामा ल्वाङ गाउँमा फिल्म देखाइएको निर्माता किरण नेपालीले बताए ।
‘हल नभएका कारण यो गाउँका बासिन्दाले फिल्म हेर्न पाएका थिएनन्’ निर्माता नेपालीले भने– ‘प्रोजेक्टरमार्फत स्थानीयलाई हामीले फिल्म देखाएका हौं ।’ फिल्मको पर्दामा आफ्नै गाउँका दृश्यहरु हेर्न पाउँदा स्थानीय खुसीले झुकेको निर्माता नेपालीको भनाई रहेको छ ।
‘फिल्म हिट भएपछि हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र फिल्म देखाउन आएका हौं । स्थानीयको ठूलो सहयोगका कारण फिल्मको छायांकन गर्न सहज भएको थियो’ नेपालीले थपे । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेन, वुद्धि तामाङ लगायतको अभिनय छ । फिल्मको निर्देशन दीपेन्द्र लामाले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण