फष्टलुकमा यस्तो देखियो ‘निरमाया’
‘परिवर्तन आफैंबाट सुरु गरौँ, समाज स्वत बदलिनेछ’ भन्ने सन्देश बोकेको फिल्म ‘निरमाया’ को फष्टलुक सार्वजनिक भएको छ । मदानी मुभिजको प्रस्तुतिमा पदम विस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको फिल्मले नेपाली समाजमा जरो गाडेको छुवाछुतको मुद्दा समेत उठाइएको निर्माता महेश तिमल्सिनाले बताए ।
अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति रहेको ‘निरमाया’ को निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्ममा रोजा तिमल्सिना र रमेश दाहाल निर्माताको रुपमा छन् ।
चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिक्षा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ ।
रामकुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको फिल्मको छायांकन रवी कोइराला र जीवन पराजुलीले गरेका हुुन् । फिल्म सिन्धुली, काभ्रे र रामेछापमा छायांकन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण