लुम्बिनीका २६ वटै निर्वाचन क्षेत्र गठबन्धनले जित्ने दावी
गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले लुम्बिनी प्रदेशका २६ वटै निर्वाचन क्षेत्र गठबन्धनले जित्ने दावी गरेका छन् ।
पाँच दलीय सत्ता गठबन्धनले शुक्रबार बुटवलमा भएको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले नेपाली जनताको जीवनमा खुशी ल्याउन, परिवर्तन गर्न तथा देशभित्रै रोजगारी सिर्जना गर्न गठबन्धन सक्षम हुने समेत बताए । उनले राष्ट्र निर्माणको प्रयत्न अनुसार नै गठबन्धन बनेको बन्दै मुलुकको राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर गठबन्धनलाई सफल बनाउनैपर्ने आवश्यकता रहेको बताए ।
‘नेपालका ठुला ठुला राजनीतिक परिवर्तन लोकतान्त्रिक बाम गठबन्धनकै आधारमा भएका थिए । २०४६ साल वा २०६२–६३ को आन्दोलन पनि सहमति सहकार्य र एकताकै कारण सम्भव भएको हो’, खाँणले भने, ‘यो अग्रगमनबाट आत्तिएर प्रतिगमनकारीहरुले विभिन्न हतकण्डा गरिरहेका छन् ।’
उनले प्रतिगामीहरुको षडयन्त्रबाट सतर्क रहनुपर्ने भन्दै लुम्बिनीका २६ वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारहरूले विजय प्राप्त गर्नेमा विश्वास व्यक्त गरे । ‘लुम्बिनीका २६ वटै सिटमा गठबन्धनले विजय प्राप्त गर्छ भन्नेमा विश्वास दिलाउन चाहान्छु’, खाणको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण