साताको सेयर बजार : २६ अंकले घट्दा २ अर्ब ४२ करोडको कारोबार
यस साता सेयर बजार परिसूचक नेप्सेमा झण्डै साढे २६ अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको अन्तिम दिन अर्थात् असोज २७ गते १८ सय ७०.६३ विन्दुमा रहेको नेप्से सूचक कात्तिक ३ गतेसम्ममा २६.४९ अंकले घट्दै १८ सय ४४.१४ बिन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार साताको पहिलो कारोबार दिन आइतबार नै झण्डै १० अंकले घटेर नेप्से सूचक १८ सय ६०.९४ अंकमा झरेको थियो । दोस्रो दिन २.६१ अंकले नेप्से घट्यो भने चौथो दिन १२.८२ अंकले र पाँचौ दिन अर्थात् अन्तिम कारोबार दिन (बिहीबार) थप १.३७ अंकले घट्दै नेप्से सूचक १८ सय ४४.१४ अंकमा ओर्लियो । यस साताको तेस्रो दिन (मंगलबार) भने सार्वजनिक विदा परेकाले सेयर कारोबार हुन सकेन ।
२६ अंकमाथिले नेप्से घटेको यस साता मुस्किलले २ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस साता लाभांशको लोभले बैंक तथा वित्तीय क्षेत्रको सेयर मूल्यमा केहीँ उतारचढाप आएपनि अन्य क्षेत्रहरुको सेयर मूल्यमा भने खासै सुधार आउन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण