उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय
तिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रवार सो निर्णय गरेका हुन् । साँझ ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए ।
त्यस्तै, उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन निषेध गरिएको छ । आतिसबाजी गर्न र पटाका नपड्काउन सवैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको प्रजिअ अधिकारीले जानकारी दिए । आतिसबाजी नगर्न र पटाका नपड्काउन शनिवार बिहानबाट माइकिङ गरिने काठमाडौंका एसएसपी भरत बोहराले बताए ।
स्थानीय प्रशासनले दियो र मैनबत्ती बाल्दा सचेतना अपनाउन आग्रह गरेको छ । गत वर्ष ललितपुरमा म्ह पुजामा बालेको दीयोबाट आगो सल्किएर ग्यास सिलिन्डर विष्फोट भएको सो । सो दुर्घटनामा परेर एकै परिवारका ४ जनाले ज्यान गुमाएका थिए । विद्युतीय माध्यमबाट पनि आगजनी हुन सक्ने हुनाले सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण