मंसिर ४ गते ठुलो संग्राम हुँदैछ : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन संग्रामको रूपमा हुन लागेको बताएका छन् । विराटनगरमा आज आयोजित सत्ता गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यो निर्वाचनमा दुई फरक–फरक प्रवृत्तिबीच प्रतिस्पर्धा हुन लागेको समेत बताए । अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनपछि संविधान निर्माण भएको र अहिले गोरू गाडावालाले टाउको उठाउन खोजेको आरोप लगाए ।
‘यो गठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन हो । अर्को गठबन्धन गोरूगाडावाला गठबन्धन हो । त्यसकारण मंसिर ४ गते एउटा ठूलो संग्राम हुँदैछ’ उनले भने । ‘यो गठबन्धन नबनाएको भए शेरबहादुरको नेतृत्वमा सरकार पनि बन्दैनथियो । स्थानीत तहमा यो परिणाम आउँदैनथियो’ उनले भने ।
विस्तृत शान्ति सम्झौता र संविधान रक्षाका लागि काँग्रेससहितको गठबन्धन निर्माण गरिएको उनले बताए । ओलीले धोका दिएपछि आफूले ज्ञान प्राप्त गरेको बताउँदै प्रचण्डले सहमति, सहकार्यको संस्कृति निर्माण शान्ति सम्झौतापछि भएकोले एकअर्कालाई सहयोग गर्न कार्यकर्तालाई आग्रह पनि गरे ।
‘हामी एक ढिक्का छौं, तपाईंहरू पनि एकताबद्ध हुनुहोला । भोट रूखमा, हँसिया हथौडा, कलम सबैमा एकआपसमा हाल्नुहोला’ उनले कार्यकर्ताहरूलाई आह्वान गरे । अध्यक्ष प्रचण्डले चुनाव जिते अवसर नै अवसर प्राप्त हुने समेत बताउँदै ठूलठूलो राजनीतिक परिवर्तन भएपनि जनतालाई सम्मृद्दि र सुशासन दिन नसकिएको स्वीकार गरे । उनले अहिले परिवर्तन उल्ट्याउने खतरा रहेको बताउँदै भने, ‘त्यसकारण अब समृद्धि र सुशासन, उद्योग स्थापना, श्रमजीवीलाई न्याय र समृद्धि दिनैपर्छ ।’
उनले आफुहरु अहिले अन्तिम विजयको यात्रामा रहेको समेत बताए । ‘ अहिले अन्तिम विजयको यात्रामा छौ, त्यसकारण लोकतन्त्र विरोधी, परिवर्तन विरोधी, प्रतिगामीलाई पराजित गर्नुपर्छ’ प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण