अझै प्रतिगमनको खतरा छ : शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रतिगमनको खतरा अझै रहेको बताएका छन् । बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सो कुरा बताएका हुन् । मन्त्री पौडेलले देशी विदेशी तत्वहरुले षड्यन्त्र गरिरहेको बताउँदै अझै प्रतिगमनको खतरा नटरेको बताए ।
उनले संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै संविधानको रक्षाका लागि दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएको बताए । गठबन्धनलाई टुटाउन विदेशी शक्ति नेपालमा आएको बताउँदै विभिन्न षडयन्त्रलाई चिर्दै गठबन्धन अघि बढेको समेत उनले बताए । उनले भने, ‘संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउन बाम लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिएका छौं,’ उनले भने, ‘देशी विदेशी शक्तिहरु गठबन्धनलाई भत्काउन विभिन्न तरिकाले लागे तर विफल भएको छ ।’
देशमा विभिन्न समस्या रहेको बताउँदै गठबन्धन सरकारले संविधान संशोधन गरेर अघि बढ्ने विश्वास समेत उनले व्यक्त गरे । बडिगाडमा उच्च शिक्षा अध्ययनका लागि सर्वदलीय निर्णय गर्न आग्रह गर्दै मन्त्री पौडेलले कृषि क्याम्पस स्थापनाका लागि आफूले निर्णय गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रदेशसभा सदस्यका उम्मेदवार जीतबहादुर शेरचनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई पटक संविधानलाई च्यात्ने काम गरेकाले त्यसको रक्षाका लागि गठबन्धन भएको बताए । भ्रष्टाचार न्यूनीकरणका लागि जनता आफै सचेत हुनुपर्ने भन्दै अहिलेको अवस्था परिर्वतन गर्न नसकिए नेपालीको जीवनस्तरमा सुधार नहुने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक र प्रविधि विकासमा रुसको महत्त्वपूर्ण सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
करार र अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षामा श्रम मन्त्रालयको चासो
-
कपनबाट कटुवा पेस्तोलसहित युवक पक्राउ
-
डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
-
घरजग्गा र सवारी कर्जामा उदार बनेको राष्ट्र बैंक ‘सेयर बजार’प्रति किन मौन ?
-
मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने