हिन्दी सिरिजमा नेपाली अभिनेत्री निरिशा
आइतबार, ०६ कात्तिक २०७९, १२ : २९
निरिशा बस्नेत फिल्म ‘जानी नजानी’ बाट अभिनयमा डेब्यु गरेकी हुन् । डेब्यु फिल्ममा सोचेजस्तो सफलता हात पार्न नसकेकी उनी लामो समयदेखि बलिउडमा संघर्षरत छिन् । ठुलो पर्दाका लागि बलिउडमा पुगेकी उनी सानो पर्दामा भने लगातार अभिनय गरिरहेकी छन् ।
केही अगाडि ‘चन्द्र नन्दिनी’, ‘अलादिन’, ‘तेनाली रामा’ लगायतका सिरियल अभिनय गरेकी उनी अब एक नयाँ हिन्दी वेब सिरियल ‘आशिकाना’ मा पनि देखिनै भएकी छन् । निर्माण युनिटले जारी गरेको सिरिजको एक पोस्टरमा निरिशा समेत देखिएकी छन् । पोष्टरमा निरिशाको हातमा पेस्तोल समेत देखिएको छ ।
क्राइम, रोमान्स, थ्रिलर जनरामा निर्माण भएको सिरिज गुल खानले निर्देशन र निर्माण गरेका हुन् । सिरिजमा निरिशासँगै जैन इबाद खान र खुसी दुवेको पनि मुख्य भूमिका छ । निरिशा पुराना अभिनेता विश्व बस्नेतकी छोरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण