दार्चुला ट्याक्टर दुर्घटनाका मृतकको पहिचान खुल्यो
दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुप प्र ०२००१ त १४६७ नं को ट्याक्टर शनिबार साँझ दुर्घटना भएको हो । ट्र्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । ट्र्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
दुर्घटना परी मृत्यु हुनेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–५ का अन्दाजी ४५ वर्षीय ट्र्याक्टर चालक पन्चु राना र सोही ट्र्याक्टरमा सवार शैल्यशिखर–५ का सन्तोषसिंह डागा रहेका छन् । त्यस्तै घाइते हुनेमा शैल्यशिखर–५ का २७ वर्षीय श्यामसिंह डागा र सोही ठाउँका २८ वर्षीय सुरेश डागा रहेका छन् ।
घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ, भने मृतकको शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण