पाकिस्ताद्वारा भारतलाई १६० रनको लक्ष्य
आइतबार, ०६ कात्तिक २०७९, १५ : ४२
आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा पाकिस्तानले भारतलाई जिताका लागि १६० रनको लक्ष्य दिएको छ । मेलर्वनमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनायो ।
पाकिस्तानका लागि इफ्तिखर अहमद र साहन मक्सोदले अर्धशतकीय पारी खेले । अहमदले ३४ बल खेल्दै २ चौका ४ छक्का प्रहार गर्दै ५१ रन बनाए । त्यस्तै ४२ बल खेलेका मक्सोदले ५ चौकाको सहयोगमा ५१ रन बनाए ।
बलिङतर्फ भारतका लागि हार्दिक पाड्याले र अर्शदीप सिंहले तीन–तीन विकेट लिए । त्यस्तै मोहम्द श्वामी र भुवनेश्वर कुमारले एक–एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै दुबै टोली प्रतियोगिताको सुपर १२ मा सुखद सुरुवात गर्ने योजनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण