राजु गुरुङको उम्मेदवारी खारेज भएपछि कसलाई समर्थन गर्नेबारे छलफलमा गठबन्धन
रुपन्देहीको क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि अब को उम्मेदवारलाई समर्थन गरेर निर्वाचनमा जाने भन्नेबारे गठबन्धनका दलहरू छलफलमा छन् ।
नेकपा (माओवादी केन्द्र) का क्षेत्रीय संयोजक मनोज रानाका अनुसार मंगलबारसम्म कसलाई समर्थन गरेर जाने भन्नेबारे टुङ्गो लाग्ने जानकारी दिए । नेताहरूका अनुसार रुपन्देही २ मा राष्ट्रिय जनमुक्ति पार्टीलाई समर्थन गरेर चुनावी तालमेल गर्ने सम्भावना रहेको छ ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले पार्टीका केन्द्रीय अध्यक्षहरूसँग पनि परामर्श भइरहेको बताए । उनले भने, ‘पार्टीको माथिल्लो तहमा पनि छलफल भइरहेको छ आजभोलिमै निर्णय हुन्छ ।’ केन्द्रीय नेताहरूको सल्लाहमा कसलाई समर्थन गर्ने भन्नेबारे छिटै टुङ्गो लगाइने उनले बताए ।
खाँणका अनुसार रुपन्देही–२ मा कसलाई समर्थन गर्ने भन्नेबारे टुङ्गो लगाउन माओवादीका नेता वामदेव क्षेत्री, कांग्रेसका रामकृष्ण खाँण, एकीकृत समाजवादीका राजु गुरुङ र जनमोर्चाका पदम श्रेष्ठलाई जिम्मा दिइएको छ । यी नेताहरूले माथिल्लो तहसम्म परामर्श गरेर छिटै टुङ्गो लगाउने बताइएको छ । यी नेताहरूले सोमबार पनि छलफल गरेका थिए ।
रुपन्देही–२ मा केही स्वतन्त्रसहित सात दलका १५ जनाको उम्मेदवारी परेको छ । यहाँ राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी र रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पनि सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने चाहना व्यक्त गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण